सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राजनीति समसामयिक

नेकपामा संकट गहिरियो, प्रधानमन्त्री ओली नैतिक संकटमा

साउन १४, काठमाडौं । मंगलबार एकतर्फीरुपमा बैठक स्थगनको सूचना प्रेस सल्लाहकार सूर्य थापामार्फत अनिश्चित् कालसम्मका लागि स्थगित हुने सार्वजनिक गरे पछि प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् ।

बैठकमा पेश गरिने प्रस्ताव तयार नभएको भन्दै मंगलबार बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका थिए ।

तर, मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका हुन् । प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गरेको थियो ।

सहभागी नेताहरुका अनुसार प्रधानमन्त्रीको सरकारी निवासभित्रै बहुमत सदस्यहरु बसेर प्रधानमन्त्रीविरुद्ध यसरी प्रस्ताव पारित गर्नु भनेको प्रधानमन्त्रीमाथि उठेको गम्भीर नैतिक प्रश्न हो ।

मंगलबार बिहान ११ बजे आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली आफू त सहभागी भएनन् नै, आफ्नो समूहका १४ नेताहरुलाई गयल हुन निर्देशन दिएका थिए । ४४ सदस्यीय स्थायी कमिटीका २९ जनामात्रै सहभागी भएर बैठक बस्यो । एकपक्षिय रुपमा बैठक स्थगन गर्नु प्रधानमन्त्रीलाई भारी पर्ने हिजोको बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले देखाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू