शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार स्वास्थ्य

नेपालमा २२ जना कोरोना सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

साउन १५, काठमाडौं । नेपालमा कोरोनाभाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष ९आईसीयू० र भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाभाइरस सङ्क्रमित भई श्वास लिन कठिनाइ भएपछि कृत्रिम रुपमा शरीरमा वायु सञ्चारको लागि भेन्टिलेटरमा राखेर उपचार गरिन्छ ।

हाल, नेपालमा पाँच हजार ३६० जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार मात्रै २२ जना काेभिड १९ सङ्क्रमितलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिँदैछ । सक्रियमध्ये २२ जनालाई सघन उपचारको आवश्यकता परेको हो । नेपालमा अहिलेको सक्रिय सङ्क्रमित मध्ये ०.४१ प्रतिशत बिरामीलाई मात्र सघन उपचार कक्षमा उपचार गरिँदैछ ।

छिमेकी राष्ट्र भारतमा भने कोभिड-१९ को सङ्क्रमितको करिब चार प्रतिशत बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार चईरहेको छ । मन्त्रालयका अनुसार, बाग्मती प्रदेशमा १४ जना, प्रदेश २ मा पाँच, प्रदेश ५ मा दुई तथा कर्णाली प्रदेशमा एकजनालाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । शरीरको मुख्य अङ्ग मुटु र फोक्सोको चालबारे जानकारी राख्न आईसीयूमा भर्ना गरिन्छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू