सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राजनीति

नेकपा विवाद : केन्द्रीय कमिटी बैठक माग

साउन १५, काठमाडौं । नेकपाका १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै  पार्टी कार्यालयमा पत्र बुझाएका छन् । सचिवालय र स्थायी कमिटीमा शीर्ष नेताहरूको विवाद उत्कर्षमा पुगेपछि पत्र बुझाउनेमा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालनिकट केन्द्रीय सदस्यहरू छन् । पार्टीमा उठेका विषयलाई सचिवालय र स्थायी कमिटीले पार लगाउन नसकेको भन्दै उनीहरूले केन्द्रीय कमिटीबाट छिनोफानो गर्नुपर्ने माग गरेका हुन् ।

बुधबार केन्द्रीय कमिटी बैठक माग गर्दै बुझाईएको पत्रमा भनिएको छ- ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई एकताबद्ध र झनै सुदृढ बनाएर लैजानुपर्ने वर्तमान परिस्थितिमा पार्टीभित्रको विवादले हामी केन्द्रीय सदस्यहरूलाई चिन्तित बनाएको छ, हाल देखिएका सबै विवाद र समस्याको समाधान पार्टी बैठकमा गहन छलफल गरी विधि-पद्धतिबमोजिम समाधान गरिनुपर्छ भन्ने हाम्रो ठहर छ,’  ।

अध्यक्षद्वयलाई सम्बोधन गरिएको पत्र पार्टी कार्यालयमा दर्ता गरिएको  छ । पत्रमा भनिएको छ- ‘यसर्थ पार्टी विधानको धारा ५९ (क) ४ बमोजिम यथाशीघ्र केन्द्रीय कमिटी बैठक बोलाइयोस् ।’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू