मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार समसामयिक

अविरल वर्षाले कैलाली डुबानमा, सयौं परिवार विस्थापित

प्रतिकात्मक चित्र

साउन १५, काठमाडौं ।  मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीमा विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले ठूलो क्षेत्र डुबानमा परेको छ । बाढीले बगाएर कैलालीको भजनी नगरपालिका-८ का तीन जना बेपत्ता भएका छन्। डुबान क्षेत्रमा पाँच हजारभन्दा बढी परिवार विस्थापित छन् ।

मोहना, कान्ध्रा, काडा, पथरिया र कर्णालीको भँगालोमा आएको बाढीले भजनी, टीकापुर नगरपालिका, जोशीपुर, जानकी, बर्दगोरिया र कैलारी गाउँपालिकाका दर्जनौं बस्ती डुबानमा परेका छन् ।

उद्धारमा स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय तहको उद्धार टोली परिचालित भएका छन्।भजनी नगरपालिकामा १ हजार ८ सय ८०, जानकी गाउँपालिकामा १ हजार, जोशीपुरमा २ हजार ३ सय १५ र टीकापुर नगरपालिकामा ५ सयजति परिवार विस्थापित भएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू