शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार स्वास्थ्य

उपत्यकामा उच्च सतर्कता अपनाउन आग्रह

साउन १५, काठमाडौं । विभिन्न जिल्लाबाट मजदुर, यात्रु आउने क्रम बढेसँगै काठमाडौं उपत्यकामा कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भईरहेको छ । काठमाडौँ उपत्यकामा संक्रमण बढेपछि सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।

सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो । यहाँका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ ।

बन्दाबन्दी खुलेसँगै उपत्यकामा सवारीसाधन र विभिन्न स्थानमा भीडभाड बढ्दै जान थालेकाले संक्रमण बढ्न नदिन सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सरसफाइलाई कर्डाईका साथ पालना गराउने प्रयास भईरहेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू