शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार स्वास्थ्य

निजी प्रयोगशालाले स:शुल्क पीसीआर परीक्षण गर्न पाउने

साउन १५, २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि कोरोनाको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त गरेका निजी प्रयोगशालाहरुले आफैंले स्वाब संकलन गरेर परीक्षण गर्न पाउने निर्णय गरेको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब जो कोहीले पनि पीसीआर परीक्षणको अनुमति प्राप्त गरेका प्रयोगशालामा गएर सशुल्क परीक्षण गर्न पाउनेछन् । यस प्रकारको परीक्षणका लागि कुनै मापदण्ड पूरा गरेको हुनुपर्ने छैन ।

सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न दिने निर्णय गर्दै असार ८ निर्देशिका ल्याएको थियो । तर, उक्त निर्देशिकामा प्रयोगशालाहरुलाई आफैं नमुना संकलन गर्न भने रोक लगाइएको थियो । यस्तै स्वास्थ्य मन्त्रालयले असार २८ गते सानेपास्थित स्टार अस्पताल र सिनामंगलस्थित केएमसी अस्पताललाई आफ्ना बिरामी तथा कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुको नमुना संकलन गरेर परीक्षण गर्न अनुमति दिएको थियो । मन्त्रालयलले धुम्बाराहीस्थित ह्याम्स अस्पताललाई पनि बुधबारबाट आफैं स्वाब संकलन गरेर परीक्षण गर्न अनुमति दिएको थियो । (इ-कान्तिपुर)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू