शनिबार, जेष्ठ २९, २०७८
प्रमुख समाचार समसामयिक

पासबिना अन्तरजिल्ला यात्रामा प्रतिबन्ध लगाउन गृहको निर्देशन

साउन १५, काठमाडौं । काठमाडौं प्रवेश गर्ने नाका कोरोना संक्रमण जाँच गर्दा ठूलो संख्यामा यात्रुहरुलाई कोरोना संक्रमण भएको पाइएकोले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक लगाइएको छ ।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार काठमाडौं प्रवेश गर्ने नाकाहरुमा हुने आवागमनमा पूर्ण निगरानी साथ जाँचको आवश्यक व्यवस्था मिलाउने र अर्को आदेश नभएसम्मका लागि बिहीबार देखि नै लागु हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमनमा पूर्ण रोक लगाउने जनाइएको छ ।

काठमाडौं उपत्यका बाहेकका जिल्लामा पनि अत्यावश्यक कामबाहेक अन्तरजिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न समेत निर्देशन जारी गरिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू