मङ्लबार, जेष्ठ ४, २०७८
विश्व समाचार

मुम्बईको चेम्बुर, मटुङ्गा र दहिसार क्षेत्रको झुपड-बस्तीमा अधिकांशलाई कोरोना संक्रमण

साउन १६, नयाँदिल्ली । मुम्बई सहरको चेम्बुर, मटुङ्गा र दहिसार क्षेत्रको झुपड-बस्तीमा बस्ने आधाभन्दा बढी मानिस कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भइसकेको हुनसक्ने एक अध्ययनले देखाएको छ । यि झुपड-बस्तीमा अन्य स्थानको तुलनामा तीव्र गतिमा संक्रमण फैलिएको देखिन्छ ।

सरकारी थिंकट्यांक नीति आयोग र द टाटा फण्डामेन्टल रिसर्चले मुम्बईको तीन क्षेत्रको झुपड-बस्तीमा कोरोना भाइरसको संक्रमणबारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सात हजार मानिस सहभागी भएका तिए ।

सहभागीमध्ये मुम्बईको चेम्बुर, मटुङ्गा र दहिसार क्षेत्रको झुपड-बस्तीका ५७ प्रतिशत मानिसमा एन्टीबडी पोजेटिभ पाइयो भने झुपड-बस्तीभन्दा बाहिरका १६ प्रतिशत मात्र एन्टीबडी पोजेटिभ आयो । यसकै आधारमा शोधकर्ताहरुले झुपड-बस्तीमा बस्ने आधाभन्दा बढी मानिस संक्रमित भइसकेको दाबी गरेका हुन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू