आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार विश्व

राम जन्मभूमि पूजा कार्यक्रमको तालिका सार्वजनिक

साउन १६, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान रामको जन्मभूमि पूजाका लागि अयोध्या जाने कार्यक्रम अगस्त ५ (साउन २१) को कार्यक्रमको तालिका सार्वजनिक भएको छ । सो दिन प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई मध्यनजर गरेर अयोध्यामा सुरक्षा व्यवस्था कडा हुनेछ ।

भूमि पूजाको शुभ मुहुर्त भारतीय समय अनुसार साउन २१ गते मध्यान्ह १२ः३२ देखि १२ः४२ सम्म रहेको छ । प्रधानमन्त्री मोदी साकेत महाविद्यालय अयोध्यामा बनाईएको हेलीप्याडमा १ घण्टा अघि नै पुग्नेछन् । त्यसपछि मोदीले हनुमान मन्दिरको दर्शन गरी रामजन्म भूमि पूजाका लागि जाने छन् । भूमि पूजा पछि प्रधानमन्त्री मोदीले साधुसन्तहरुलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री मोदीले राममन्दिर परिसरमा वृक्षारोपण पनि गर्ने छन् ।

कार्यक्रममा २०० जना साधुहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रम स्थलमा अन्य मिडियाहरुलाई प्रतिबन्ध लगाईएको छ र दुरदर्शन मात्र रहनेछ । कार्यक्रमको सुरक्षाका लागि २२ कम्पनी सुरक्षा फौज परिचालन गरिने प्राप्त समाचारमा बताईएको छ । (स्रोतः जीन्यूज)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू