साउन १७, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी र जनप्रतिनिधिसँग छलफल नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।
सङ्घर्ष समितिले शुक्रबार पशुपति क्षेत्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय सांसद गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका-८ का अध्यक्ष दिनेशकुमार डङ्गोललगायतले एक स्वरमा कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गरे ।
वडाध्यक्ष डङ्गोलले स्थानीयवासीको प्राचीनकालदेखिको बस्ती नाश गर्ने, स्थानीयवासीका चाड पर्व, धर्म संस्कृति पनि नष्ट हुने भएकाले गुरुयोजना खारेज हुनुपर्ने स्थानीय जनताको माग रहेको बताए ।
Add Comment