सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राष्ट्रिय समाचार

प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

साउन १७, काठमाडौं । भ्रष्टाचार विरुद्ध कडा आवाज उठाउँदै आएका प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।

भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् । सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू