सोमवार, साउन ११, २०७८
प्रमुख समाचार राष्ट्रिय

शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि

साउन १७, काठमाडौं । आज शनिबार देशभरीमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

२४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । २४ घन्टामा ६ हजार ९९३ परीक्षण गरिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू