सोमवार, साउन ११, २०७८
समसामयिक समाचार

पर्सामा ४५ नयाँ सङ्क्रमित, मेयर परिवारका दुई जनामा पनि सङ्क्रमण

साउन १८, काठमाडौं । शनिबार राति अबेर आएको परीक्षण रिपाेर्टअनुसार पर्सामा थप ४५ जनामा कोरोनो सङ्क्रमण देखिएको छ । संक्रमित मध्ये मेयर परिवारका दुई जनामा सङ्क्रमण देखिएको छ । नयाँ थपिएसँगै पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार शुक्रबार ६४ जना थपिएर ४६२ जना सङ्क्रमितको सङ्ख्या पुगेको थियाे । जिल्लामा शनिबार ४५ जना थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको हो ।

शनिबार पाँचदेखि ६२ वर्ष उमेर समूहका १४ महिला ३१ पुरुष गरी ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरूको सम्पर्कमा आएकाको खोजी, मास टेस्टिङका लागि नमूना सङ्कलन गरिएका ३७ जना र सात जना आफैँ पैसा तिरेर पीसीआर परीक्षण गराएकालगायत रहेका नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उपाध्यायले जानकारी दिनुभयो ।

शनिबार पुष्टि भएका ४५ जना सङ्क्रमितमध्ये ४३ जना वीरगञ्ज महानगरपालिकाभित्रकै रहेका छन् भने एक जना सखुवाप्रसौनी गाउँपालिका र एक जना ठोरी गाउँपालिकाका छन् ।

शनिबार सङ्क्रमण पुष्टि हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका १६ जना, वडा नं. ४ का १५ जना , वडा नं. १३ श्रीपुरका चार जना, वडा नं. ३, ८ र १८ का एकरएक जना र वीरगन्ज-२५, सिर्सिया सुख्खा बन्दरगाहका पाँच जना गरी ४३ जना, एक जना सखुवाप्रसौनी गाउँपालिका र एक जना ठोरी गाउँपालिकाका गरी ४५ जना रहेका छन् ।

वीरगञ्ज-४, बिर्तास्थित कन्या माविबाट मास टेष्टिङअन्तर्गत साउन १२ गते सङ्कलन गरिएको १४९ जनाको स्वाब नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको थियाे । यसअघि वीरगञ्ज-६ माईस्थान मीनाबजार क्षेत्रमा मास टेष्टिङमा लिइएको १२६ नमुना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भयो भने वीरगञ्ज-९, घण्टाघरस्थित रेल्वे माविबाट मास टेष्टिङका लागि लिइएको ११३ नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो समयमा कुनै पनि ट्राभल हिस्ट्री नभएका पसल सञ्चालक, साउन्ड सर्भिस टेक्निसियन, होम ट्युसन पढाउने शिक्षिकाजस्ता बढी जनसम्पर्कमा रहेकाहरूलाई सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमुद ठाकुरले जानकारी दिनुभयो । (इ-कान्तिपुरबाट)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू