बुधबार, असार २, २०७८
प्रमुख समाचार राष्ट्रिय स्वास्थ्य

विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २४७ पुग्यो

साउन १८, काठमाडौं । अहिलेसम्म नेपालका ५८ सहित विश्वभर २ सय ४७ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको छ ।

यही साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरेबियामा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् । यस्तै यही साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरेबियामा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू