आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार राजनीति

ओली सरकारविरुद्ध आन्दोलनको तयारी गर्न कमल थापाको आग्रह

साउन १८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ओली सरकार कोरोना महामारी र भ्रष्टाचार नियन्त्रणमा असफल भएको भन्दै आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

राप्रपाका जनवर्गीय संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको बताए । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा थापाले भ्रष्टाचार र धर्म परिवर्तनजस्ता विषयलाई लिएर सडकमा जान समेत कार्यकर्तालाई आग्रह गरे ।

थापाले कोराना महामारीमा पनि ओली सरकार आर्थिक अनियमिततामा फसेको र भ्रष्टाचार नियन्त्रणमा उदासीन बनेको बताए । ओली सरकार देशलाई निकास दिनेभन्दा पनि समस्याको दलदलमा फस्दै गएको उनको विश्लेषण थियो ।

प्रतिपक्ष नेपाली कांग्रेसको पनि भूमिका प्रभावकारी नभएको भन्दै थापाले अब भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनको तयारी गर्न जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई आग्रह गरे । आन्दोलनको स्वरुपबारे थप छलफल आवश्यक रहेको उनले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू