बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार स्थानीय समाचार

मेलम्चीमा पहिरो, ८ जना वेपत्ता, एक जनाको उद्धार

साउन १९, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ ।

कभर्ड हल निर्माणमा खटिएका आठ जना कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो । पहिरोमा पुरिएकाहरुलाई निकाल्न सिकएको छैन । प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी प्रयास भइरहेको जनाएको छ ।

नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू