साउन १९, सिमकोट । जनैपूर्णिमाको अवसरमा हुम्लामा मेला लागेको छ । हिमाली जिल्ला हुम्लामा साउने पूर्णिमाको अवसरमा सिमकोट गाउँपालिका स्थित वडा नम्बर ६ को कालाशिल्ताको माडुमा देवतामा विशेष पूजा हुने गर्दछ ।
एकदशीबाट ब्रत बसेका ँधामी’हरु विशेष गरि त्रयोदशीबाट नाँच्न सुरु गर्दछन् । सोमबार बिहानैबाट कालाशिल्ता तथा बाँडपालको माडु (मन्दिर) मा पूजा गर्ने, होम गर्ने र दिउँसो धामी नाँच्ने गरिन्छ ।
माडुमा पुग्नु अगाडि स्याना र घरमा रहेको माडुहरुमा पनि धामीहरु मिलेर नाँच्ने गर्छन् । पूजाआजासहित साउने पुर्णिमामा नयाँ कपडा लगाउने, मिठो खानाका परिकार आफन्तलाई बोलाएर खुवाउने र राती देउडा पनि खेलिन्छ ।
यसपाली कोरोना कहरकाबीच पनि साउने पूर्णिमा हुम्लामा धुमधामका साथ मनाइँदै छ । (देशसञ्चारडटकम)
Add Comment