बिहिबार, साउन १४, २०७८
पत्रपत्रिकाबाट प्रमुख समाचार

उपत्यकामा ५१ जना सङ्क्रमित थपिए

साउन २०, काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार कोरोनाभाइरसका ५१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लामा गरी पछिल्लो चौबीस घण्टामा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडौँका आठ जना, भक्तपुरमा एक र शुक्रराज अस्पताल, टेकुमा काठमाडौँका १७ जना, पाटन अस्पतालमा काठमाडौँका पाँच, ललितपुरका दुई तथा भक्तपुरका चार जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

वीर अस्पताल, काठमाडौँमा गरिएको परीक्षणमा दुईजना काठमाडौँका, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका एक, नेपाल प्रहरी अस्पतालमा दुई तथा स्टार अस्पताल, सानेपामा काठमाडौँका पाँच तथा ललितपुरका एक र वीरेन्द्र छाउनी अस्पतालमा काठमाडौँका तीन जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू