शनिबार, बैशाख ४, २०७८
अर्थवाणिज्य समाचार

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट नियुक्त

साउन २०, काठमाडौं । मन्त्रिपरिषदको सोमबार बालुवाटारमा बसेको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य रहेका भट्टलाई लगानी बोर्डको प्रमुखमा नियुक्त गर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

सुदूरपश्चिमको डडेल्धुरा पुर्ख्याैली घर भएका भट्ट इन्जिनियरिङ तथा व्यवस्थापन क्षेत्र सम्बद्ध हुन्। बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त हुनुभएपछि लगानी बोर्डको प्रमुख पद खाली थियो । सो पदमा भट्टलाई नियुक्त गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद बैठकले वीरबहादुर राईलाई नेपाल सरकारको सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू