शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार राष्ट्रिय स्वास्थ्य

कोरोनाको सन्त्रास बढ्यो

साउन २०, काठमाडौं । नेपालमा एक हप्तायता कोरोना संक्रमण हृवात्तै बढेको छ । विभिन्न शहरहरुमा निषेधाज्ञा समेत जारी भईरहेको छ । देशको आर्थिक लाइफलाइन तथा व्यापारिक चरित्र भएको सहर वीरगञ्ज साउन १० देखि फेरि अनिश्चितकालीन निषेधाज्ञामा छ। साउनयता पर्सामा ४ सय २७ नयाँ संक्रमित थपिएका छन्। अधिकांश वीरगन्ज महानगरपालिकाका बासिन्दा रहेका छन् ।

यसैगरी प्रहरी प्रधान कार्यालयमा एक सातामै ७२ जना संक्रमित देखा परे पछि प्रहरी जनशक्तिको बिचमा कोरोना संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । सबै प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ। यसले प्रहरी जनशक्तिहहरुको बीचमा समन्वयमा कठिनता ल्याउने छ । संक्रमित प्रहरीको संख्या बढ्दै गए कोरोनासँग सम्बन्धित अत्यावश्यकीय काम प्रभावित हुने र दैनन्दिनको सुरक्षा व्यवस्थासमेत प्रभावित हुन सक्नेछ ।

तराइका जिल्लाहरुमा कोरोना संक्रमितहरु बढेपछि निषेधाज्ञा जारी गिरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । वीरगन्ज, जनकपुरमा निषेधाज्ञा जारी गरिएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ ।

विशेषगरी तराइका जिल्लाहरुमा कोरोना संक्रमण बढे पछि जनजीवन त्रस्त रहेको छ । शहरी क्षेत्रमा मानिसहरु अत्यावश्यक कामबाहेक बाहिर निस्कन सकेका छैनन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू