मङ्लबार, जेष्ठ ४, २०७८
धर्मविशेष प्रमुख समाचार राष्ट्रिय

सिमाबाटै फर्काइएका महन्थ अन्तत: अयोध्या प्रस्थान

साउन २०, काठमाडौं । आजै पिसिआर रिपोर्ट नभएपछि सीमाबाट फर्काइएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव पूनः अयोध्याको लागि प्रस्थान गरेका छन् ।

आजै भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव यसभन्दा पहिले पनि जान खोज्दा उनीसँग पिसिआर रिपोर्ट नभएपछि सीमाबाट फर्काइएको थियो ।

सीमाबाट उनलाई फर्काइएपछि उनी सम्पूर्ण रिपोर्ट लिएर मंगलबार साँझ साढे पाँच बजे प्रस्थान गरेका छन् । भगवान रामको जन्म भूमि तीर्थ क्षेत्रले जानकी मन्दिरका महन्थ दासलाई भूमि पूजन कार्यक्रममा सहभागीता जनाउन निमन्त्रणा पठाएपछि उनी अयोध्या तर्फ प्रस्थान गरेका हुन् ।

भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको लागि एक किलोको ५ वटा चाँदीको ईटा उपहार स्वरुप लिएर गइरहेको जानकी मन्दिरका महन्थ दासले बताए । सो चाँदीको ईटामा श्री सीताराम जानकी मन्दिर जनकपुरधाम मिथिला नेपाल लेखिएको छ ।

वर्षौको प्रतिक्षा पछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजन कार्यक्रममा सम्पूर्ण मिथिलावासीको प्रतिनिधित्व गर्न पाउँदा कृतार्थ भएको महन्थ दासले बताए । महन्थ दास धनुषाको जटही नाका भएर अयोध्याका लागि प्रस्थान गरेका छन् ।

महन्थ दासले आज सिमानाबाट फर्काइएपछि ‘माता जानकीको घर (ससुराली) भारतको अयोध्यामा ऐतिहासिक राम मन्दिरको शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्ने चाहना पूरा भएन । राम मन्दिरको शिलान्यास कार्यक्रममा अयोध्या जान नपाएपनि बुधबार जानकी मन्दिरमै विशेष कार्यक्रमको आयोजना गर्नेछौँ’ भनेका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू