बुधबार, असार २, २०७८
प्रमुख समाचार स्वास्थ्य

उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

साउन २०, काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु भक्तपुरका १३, काठमाडौंका ४८ जना, ललितपुरका १ जना रहेका छन् । आज देशभरीमा २५९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २१ हजार नाघेको छ । नेपालमा कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ६५ जनाले कोरोना जितेर घर फर्किएका छन्। अहिले क्वारेन्टाइनमा रहनेहरुको संख्या १० हजार ४ सय ५२ रहेको छ। आइसोलेसनमा ५ हजार ९ सय २५ जनाको उपचार भइराखेको छ भनें नेपालमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू