साउन २०, काठमाडौ । सरकारले लगानी बोर्डको कार्यकारी कार्यकारी अधिकृतमा सुशिल भट्टलाई नियुक्त गरेकोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् । मंगलबार साँझ बालुवाटारमा दुई अध्यक्षसहित नेता खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सहभागि वार्ताको सूरुमै लगानी बोर्डको कार्यकारी प्रमुखमा भट्टको नियुक्तिको विषयलाई लिएर विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै चर्काचर्की भएको एक नेताले बताए ।
यसले अहिले चुलिएको नेकपाको विवादमा सुशिल भट्टको नियुक्तीले विवाद बढाउन इन्धनको काम गर्ने देखिएको छ ।
पटकपटक विवादमा पदै आएको सरकार यस पटक लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्तिलाई लिएर पछिल्लो पटक फेरी विवादमा तानिएको हो । आज साँझ साँझ बालुवाटारमा भएको बैठकमा प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए ।
यो सरकारको समयमा खल्तीका मान्छे नियुक्त गर्ने प्रवृत्ति झनै बढेर गएको छ। तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सिफारिसमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष बनेका दिगम्बर झाले पछि आफैं राजीनामा दिएर बाहिरिनुपरेको थियो ।
एक पछि अर्को विवादमा पर्दै गएपछि प्रधानमन्त्री ओलीको आलोचना बढ्दै गएको छ भनें नेकपा पार्टीको साख पनि जनस्तरमा गिर्दै गईरहेको छ । यसले ओली सरकारलाई अझै कमजोर बनाउने छ ।
Add Comment