बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार विश्व

लेबनानमा शक्तिशाली बिस्फोटः ७७ भन्दा बढीको मृत्यु, ४,००० भन्दा बढी घाइते

लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली बिस्फोट ।

२१ साउन, २०७७ । लेबनानको राजधानी बेरुतमा शक्तिशाली बिस्फोट हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ। बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेरुत शहरको तटीय क्षेत्रमा भएको बिस्फोट पछिको भिडियोमा धुवाँको मुस्लो उड्दै गरेको तथा आगो दन्किरहेको देखिन्छ ।

गोदाममा विगत ६ वर्षदेखि २७ सय ५० टन एमोनियम नाइट्रेड असुरक्षित रुपमा स्टोर गरि राखिएको बिस्फोटक पदार्थका कारण ठूलो मानवीय क्षति हुने गरी बिस्फोट भएको सरकारी अधिकारीले बताएका छन् ।

राष्ट्रपति मिशेल एउनले ट्वीट गरेर भनेका छन्, ‘२७ सय ५० टन एमोनियम नाइट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य छ ।’

बिस्फोटनको थप कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको लेबनानका अधिकारीले बताएका छन् । बिस्फोटका घाइतेका कारण अस्पतालहरु भरिभराउ हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । बिस्फोटबाट स्थानीय धेरै घरहरु ध्वस्त भएका छन् ।

राष्ट्रपति एउनले तीन दिनका लागि शोक घोषणा गरेका छन् । उनले आकश्मिक कोषका लागि ६६ मिलियन अमेरिकी डलर प्रदान गर्ने पनि बताएका छन् ।

‘जिम्मेवार सबैलाई कडा कारवाही गर्ने’ भन्दै प्रधानमन्त्री हासन दियबले बिस्फोटलाई गम्भीर विनाश भनेका छन् ।
बेरुतमा भएको शक्तिशाली बिस्फोटको आवाज पूर्वी भूमध्यसागरको साइप्रसको आइल्याण्डसम्म अर्थात २४० किलोमिटर परसम्म सुनिएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू