बिहिबार, साउन १४, २०७८
तीर्थ र पर्यटन धर्म-दर्शन धर्मविशेष प्रमुख समाचार विश्व

आज अयोध्यामा राम मन्दिर भूमिपूजन कार्यक्रम भब्य समारोहका बीच हुने

साउन २१, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रम आज भब्य समारोहका बीच शुरु हुँदैछ । अयोध्यामा भब्य राम मन्दिरको शिलान्यास भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् ।

भारतका प्रधानमन्त्री मोदीले आज भारतीय समय अनुसार मध्यान्ह १२ बजेर ४० मिनेट ८ सेकेण्डमा मन्दिरको आधारशिला राख्नेछन् । मोदी ११३० मा अयोध्या पुग्नेछन् ।

शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर हिजै अयोध्यातर्फ प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् ।

भारतीय समय अनुसार आज बिहान ८ बजेबाट भूमि पूजन शुरुवात हुने कार्यक्रम रहेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू