मङ्लबार, जेष्ठ ४, २०७८
रोचक विश्व समाचार स्थानीय समाचार

कैलालीमा पाष्टरले जिउँदो पार्ने भ्रममा ५ दिनसम्म घरमा शव

साउन २१, काठमाडौं । कैलालीको टीकापुर-१ गणेशपुर शिविरमा पाष्टरले जिउँदो पार्ने भ्रममा परेर पाँच दिनसम्म शव घरमै राखिएको छ।
मृत्युपछि पाष्टरले जिउँदो पार्ने भ्रममा परेर पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए।

स्थानीय दीपक चौधरीको घरभित्रबाट गन्ध आउन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा शव सडेर गन्हाइसकेको रहस्य खुलेको हो। शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए। कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो ।

पाष्टर दीपकले टीकापुर नगरपालिका-४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू