बुधबार, असार २, २०७८
प्रमुख समाचार राजनीति विश्व

पाकिस्तानद्वारा नयाँ नक्सा जारी, भारतद्वारा खारेज

साउन २१, काठमाडौं । पाकिस्तान सरकारले जम्मु-कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । हिजो  पाकिस्तान सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सालाई भने भारतले खारेज गरेको छ ।

भारतीय विदेश मन्त्रालयले त्यसलाई राजनीतिक मूर्खता भनेर टिप्णी गरेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेश जम्मु-कश्मिर र लद्दाख क्षेत्रमा यो आधारहीन दाबी हो । यसको न कानुनी वैधता छ, न अन्तर्राष्ट्रिय विश्सनीयता ।’

भारतले गत वर्ष अगष्टमा जम्मु-कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गर्दै लद्दाखलाई अलग्गै राज्य बनाएको थियो । यसको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले नयाँ नक्सा जारी गरेको छ । यसले क्षेत्रीय द्वन्द्व बढाउने विश्लेषकहरुले दावि गरेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू