मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार स्वास्थ्य

कोरोना संक्रमणबाट हिजो ५ जनाको मृत्यु

साउन २२, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बुधबार नेपालमा ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई-दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । बुधबार मृत्यु धएका ५ जना सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही-६ मलंगवाकी ६५ वर्षीया महिलाको पनि कोभिड १९ को संक्रमण पछि उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज-१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका-८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।

यसैगरी मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी सप्तरीमा पनि एकजना कोरोना संक्रमितको मृत्यु भउको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू