बुधबार, असार २, २०७८
प्रमुख समाचार राष्ट्रिय स्वास्थ्य

सवारी साधनमा फेरि जोर विजोर लागू , राति हिँडडुलमा पनि रोक

साउन २२, काठमाडौं । सरकारले २६ असारबाट हटाएको निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली बिहिबारबाट फेरी लागू गरेको छ । यसैगरी सरकारले विहीबारदेखि राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयको हिजो जारी गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर-विजोर प्रणाली लागू हुनेछ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएर भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरे पनि कोरोना संक्रमण बढ्न थाले पछि सवारी साधन सञ्चालनमा कर्डाई गर्न थालेको हो ।

सवारी साधनहरु जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने छ ।

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू