शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार राष्ट्रिय स्वास्थ्य

कोरोनाले निम्त्याएको निषेधाज्ञा, १४ जिल्लामा निषेधाज्ञा जारी

अहिले सप्तरी, नुवाकोट, बारा, पर्सा, मोरङ, झापा, महोत्तरी, सुनसरी, बझाङ, सर्लाही, स्याङ्जा, दार्चुला, बाँके गरी १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा भईरहेको छ ।

साउन २२, काठमाडौं । कोरोना संक्रमण बढ्दै गए पछि विभिन्न जिल्लामा निषेधाज्ञा पनि बढ्दै गएको छ । अहिलेसम्म् देशभर १४ जिल्लामा विभिन्न स्थानमा निषेधाज्ञा भईरहेको छ । कोरोना संक्रमण देखिएका जिल्लामा संक्रमण थप नफैलियोस् भन्नका लागि निषेधाज्ञा जारी गरिएको हो ।

अहिले सप्तरी, नुवाकोट, बारा, पर्सा, मोरङ, झापा, महोत्तरी, सुनसरी, बझाङ, सर्लाही, स्याङ्जा, दार्चुला, बाँके गरी १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा भईरहेको छ ।

नुवाकोटका विभिन्न स्थानमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लगाइएको छ भने बाँके जिल्लामा २४ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

गृहमन्त्रालयका अनुसार बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा लगाइएको छ भने मोरङमा विराटनगर महानगरपालिकाभरि निषेधाज्ञा लगाइएको छ ।

झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, महोत्तरीको सदरमुकाम जलेश्वर आसपास, सुनसरीको बराह क्षेत्र र बझाङका दुई गाउँपालिकाका क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा लगाइएको छ भने दार्चुलाको मार्मा गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

संक्रमणको जोखिम कम हुनासाथ निषेधाज्ञा हटाइने ती जिल्लाका प्रशासनले जनाएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू