शनिबार, बैशाख ४, २०७८
अर्थ र विकास प्रमुख समाचार राष्ट्रिय

भारतीय दूतावासमार्फत हुने साना परियोजनामा हुने लगानीले निरन्तरता पायो

दूताबासले कलेज, विद्यालय, पुस्तकालय, अस्पताल भवन, सामुदायिक भवन र खानेपानी आयोजनाको निर्माण तथा दमकल, ब्रुमर र हेभी इक्विपमेन्ट खरिद जस्ता साना परियोजनामामा रकम लगानी गर्दै आएको छ ।

साउन २३, काठमाडौं । भारतले आफ्नो दूताबासमार्फत साना परियोजनामा गर्ने लगानीलाई सरकारले सन् २०२३ को अगष्टसम्म निरन्तरता दिएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसलाई अर्को ३ वर्ष लम्ब्याउने निर्णय गरेको हो । यसको म्याद आगामी अगष्ट ५ मा सकिँदैछ ।

२०६५ सालदेखि सरकारले साना विकास परियोजना (एसडिपी) कार्यक्रममार्फत साना आयोजनाहरुमा भारतलाई प्रत्यक्ष सहभागी गराउँदै आएको छ । सुरुमा तीन करोडसम्मका आयोजनाहरु दूतावासमार्फत चलाउन दिने गरी सम्झौता भएकोमा डा। बाबुराम भट्टरराई प्रधानमन्त्री भएका बेला बढाएर ५ करोडसम्म पुर्याइएको थियो ।

२०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि यो कार्यक्रमलाई ३ वर्ष म्याद थप गरेर सञ्चालन गरिएको थियो । यसपटक नेपाल-भारत सम्बन्ध चिसिएकाले यो कार्यक्रमको म्यादबारे सर्वत्र चासो थियो ।

दूताबासले कलेज, विद्यालय, पुस्तकालय, अस्पताल भवन, सामुदायिक भवन र खानेपानी आयोजनाको निर्माण तथा दमकल, ब्रुमर र हेभी इक्विपमेन्ट खरिद जस्ता साना परियोजनामामा रकम लगानी गर्दै आएको छ । यस्ता परियोजना २ करोड १० लाखदेखि ५ करोडसम्मका हुनेछन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू