आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार स्वास्थ्य

पर्सामा एकैदिन १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

साउन २३, काठमाडौं । पर्सामा एकैदिन १३४ जना कोरोना संक्रमित थपिएका छन् । पर्सामा एकैदिन १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार बिहान गरिएको परीक्षणमा पर्साका १३४ जनामा संक्रमण भएको पुष्टि भएको हो । प्रहरी हिरासतमा रहेका थुनुवा, नेपाल प्रहरी, नेपाली सेना, चिकित्सक गरी थप १४२ जनामा संक्रमण पुष्टि भएकोमा तीमध्ये पर्साका मात्रै १३४ जना रहेका छन् भनें बाँकी ८ जना बारा र रौतहटका ४र४ जना हुन् ।

शुक्रबार बिहान संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी ४३ जना थुनुवा छन् । पर्साकी प्रहरी उपरिक्षक पन्तले ४३ जना थुनुवा र १ जना प्रहरीमा संक्रमण भेटिएको जानकारी दिइन्। पर्सामा अहिलेसम्म कूल संक्रमितको संख्या ८९६ पुगेको छ ।

यस्तै वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ५ जना सेना र ५ जना डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका – २५ खल्वा सिर्सियाका २७ जना , वीरगन्ज १० का ११ जना, वीरगन्ज १३ का ४ जनामा पनि संक्रमण भेटिएको हो । योसंगै पर्सामा साउन यता मात्रै ७३३ जना संक्रमित थपिएका छन् ।

साउन महिना शुरु भएपछि मात्र पर्सामा १५ जनाको मृत्यु भईसकेको छ भनें पर्सा जिल्लामा मात्र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू