मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राष्ट्रिय स्वास्थ्य

कोरोनाको कहरले विश्व आक्रान्त, नेपालमा पनि महामारीको रुप लिंदै

औषधी खरिद प्रकरण मै असंवेदनशीलता देखाएको सरकारले नागरिकको स्वास्थ्यप्रति गम्भिर ध्यान नदिनु अनौठो पनि होईन । नागरिकहरु आफू जागौं, अरुलाई पनि जगाऔं । अब वैश्विक महामारीबाट जनधनको क्षति हुन नदिन जनता जाग्नुको विकल्प छैन । अन्थया मुलुक र जनताको रक्षा पशुपतिनाथ भरोसा भन्नुको विकल्प पनि रहने छैन ।

साउन २४, काठमाडौं । विश्वमा कोरोनाको कहर तिव्र रुपमा बढिरहेको छ । विश्वमा कोरोनाबाट संक्रमितको संख्या १ करोड ८१ लाख १७ हजार पुगेको छ भनें ६ लाख ९० हजारको मृत्यु भईसकेको छ ।

यसैगरी अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ ।

भारतमा मात्रै २० लाख २७ हजार भन्दा धेरै कोरोना संक्रमित भएका छन् भनें ४१ हजार ५ सय भन्दा धेरै व्यक्तिको मृत्यु भईसकेका छन् ।

नेपालमा पनि कुल संक्रमितको संख्या २२ हजार २ सय नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि ७० पुगिसकेको छ । नेपालमा पनि बुधबार काठमाडौं जिल्लामा मात्र ७७ जना कोरोना भाइरस ९कोभिड-१९० को संक्रमण पुष्टि भयो । नेपालभर ४६४ जना नयाँ संक्रमित भेटिए । बुधबार मात्र नेपालमा थप ५ जनाको मृत्यु भयो ।

कोरोनाको समग्र स्थिती हेर्दा नेपालमा पनि कोरोनाको स्थिती विकराल उन्मुख देखिएको छ । ३ महिना खासे नदेखिएको कोरोना संक्रमण, चौथो महिनाको सुरुवातमा हृवात्तै बढेको थियो भनें पाँचौ महिना लाग्दा समुदायिकस्तरमा संक्रमण हुन थालेको विश्लेषण आउन थाले ।

सरकारले देशभरका जनतालाई दैनिक जीवनयापनका लागि समुचित व्यवस्था गर्न नसक्दा मान्छेहरु रोजीरोटीको खोजिका शहर फर्कने क्रम बढेको छ । भारतमा रहेका नेपालीहरु रोजीरोटी गुम्ने भए पछि स्वदेश फर्कन बाध्य भएका छन् । तर सरकारले न त देशभित्रका न त विदेशबाट आउनेहरुलाई व्यस्थित रुपमा आइसोलेसन, क्वारेन्टाइनमा राख्न सकेको देखिन्छ । फलस्वरुप कोरोना संक्रमण बढ्न सजिलो भईरहेको स्वास्थ्य विज्ञहरुले भन्दै आएका छन् ।

यस्तो सर्न्दर्भमा नेपालमा कोरोना व्यवस्थापनमा सरकार चुकेको देखिन्छ र त्यसको असर समुदायस्तरमा कोरोनाको लक्षण भेटिएका केशहरुले गर्दा प्रष्ट हुन थालिसकेको छ । अझै पनि सरकारले प्रभावकारी काम गर्न सकेन भनें नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने देखिएको छ । जनताहरु आफ्रै जागरुक सचेत नभए महामारीको रुप नलेला भन्न सकिंदैन । सरकार नेपालमा कोरोना व्यवस्थापनको क्षेत्रमा करिब-करिब असफल सावित हुँदै गएको देखिएको छ ।

औषधी खरिद प्रकरण मै असंवेदनशीलता देखाएको सरकारले नागरिकको स्वास्थ्यप्रति गम्भिर ध्यान नदिनु अनौठो पनि होईन । नागरिकहरु आफू जागौं, अरुलाई पनि जगाऔं । अब वैश्विक महामारीबाट जनधनको क्षति हुन नदिन जनता जाग्नुको विकल्प छैन । अन्थया मुलुक र जनताको रक्षा पशुपतिनाथ भरोसा भन्नुको विकल्प पनि रहने छैन ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू