सोमवार, साउन ११, २०७८
पत्रपत्रिकाबाट प्रमुख समाचार स्थानीय समाचार

आइतबारबाट ‘सट डाउन’: अत्यावश्यक सेवा मात्र खुला, जोर बिजोरमा कडाइ, मास्क र स्यानिटाइजरमा जोड

साउन २४, काठमाडौं । काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख तथा उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बैठकमा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा मात्रै प्रदान दिने गरी आइतबारबाट १५ दिनसम्म ‘सट डाउन’ गर्ने बारेमा छलफल गरिएकाे छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा ‘सट डाउन’को विषयमा छलफल भएको बताउनुभयो । यो अवधिमा जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दैआएको अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने विषयमा छलफल भइरहेको भट्टले जानकारी दिनुभयो । बैठकमा सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखलाई अख्तियारी दिने निर्णय गरेको छ । ‘अन्य के के विषयमा सट डाउन गर्ने हो, त्यसको छलफल भइरहेको छ,’ प्रजिअ भट्टले भन्नुभयो ।

बैठकमा सवारी साधनमा जोर बिजोर कडाइका साथ कार्यान्वयन गर्ने र मास्क र स्यानिटाइजरको प्रयोग नगर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउने छलफल भएको भट्टले गोरखापत्र अनलाइनलाई बताउनुुभयो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सट डाउनबारे छलफल भएको हो ।

उपत्यकामा आइसोलेसन क्षमता बढाउन सुझाव 

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले पूर्वाधार भएका ठूला क्वारेन्टाइनलाई ँआइसोलेसन केन्द्र’ बनाउन अस्पतालहरूलाई सुझाव दिएका छन्। प्रजिअहरू जनकराज दाहाल, हुमकला पाण्डे र नारायणप्रसाद भट्टले संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै राष्ट्रियस्तरका क्वारेन्टाइनलाई पूर्वाधार थप गरेर आइसोलेसन वार्डको संख्या बढाउन सुझाव दिएका हुन्।

यसका लागि प्रजिअहरूले गृह मन्त्रालयमार्फत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सीसीएमसीलाई पत्र पठाएका छन्। प्रजिअहरूको बैठकले कीर्तिपुर र सामाखुसीस्थित राधास्वामी सत्संग भवनका करिब ३ सय बेड क्षमता, इचंगुनारायणमा करिब ४ सय र मनमोहन मेडिकल कलेज दहचोकमा करिब ३ सय क्षमतामा ठूला क्वारेन्टाइनलाई आइसोलेसन बनाउन सकिने सुझाव दिएको छ।

न्युरोड र टेकु क्षेत्र सिल गर्न सिफारिस 

असन र न्युरोड क्षेत्रमा व्यवसाय गरिरहेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रलाई सिल गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ। राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, असन र टेकु आसपासका व्यक्तिमा संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गर्न सिफारिस गरेको छ। काठमाडौंका प्रजिअ दाहालले न्युरोड क्षेत्र सिल गर्नेबारे भने औपचारिक पत्र आएपछि निर्णय लिने बताए।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू