सोमवार, साउन ११, २०७८
प्रमुख समाचार स्वास्थ्य

पर्सा जिल्लामा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि

साउन २५, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ९ जना नेपाल प्रहरी, १ जना भारतीय महावाणिज्य दुतावास वीरगञ्जका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज-२ छपकैयाको २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् । बारा जिल्लाका ३ जना तथा सर्लाही जिल्लाका एक जना पनि नयाँ संक्रमित रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार ६० जना पुरूष र १५ जना महिला सहित ७५ जना १२ वर्षका देखि ६८ वर्ष उमेर समुहका नयाँ संक्रमित पुष्टि भएको हो ।

संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ९ जना नेपाल प्रहरी १ जना १५ बर्षकी महिला , वीरगञ्ज स्थित भारतीय महावाणिज्य दुतावासका कर्मचारी ३५ बर्षिय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका १ जना पुरुष र १ जना महिला कर्मचारी रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. उपाध्यायले बताउनुभयो ।

त्यसैगरी पर्सामा पुष्टि भएका ७१ नयाँ संक्रमितहरुमा वीरगञ्ज महानगरपालिकाको बारुण नियन्त्रणका ३९ बर्षिय र ५० बर्षका २ जना पुरुष कर्मचारी, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका १६ बर्ष देखि ६८ बर्षका सम्मका ४६ जना रहेका छन् । नयाँ संक्रमितहरुमा वीरगञ्जको गणेश टोलका ७ जना, वीरगञ्जको लिंकरोड, राधेमाई, नगवा, घडीअर्वा, महावीर टोल, कुम्हाल टोल, भिस्वा, पटेलनगर, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्लीका बासिन्दा रहेका छन् ।

त्यस्तैगरी पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका १ जना पुरुष, पर्सागढी नगरपालिका वडा नम्बर ६ का ३२ बर्ष देखि ५० बर्षका ३ जना पुरुष, पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ निवासी २२ बर्षका १ जना पुरुष, जिराभवानी गाँउपालिका वडा नम्बर २ निवासी २२ बर्षकी १ जना महिला, पर्सा जिल्ला अमरपट्टी वडा नम्बर ४ निवासी २ जना महिला र १ जना पुरुष र पकहामैनपुरु गाँउपालिका निवासी २ जना पुरुष रहेका छन् ।

त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी ३३ बर्षका १ जना पुरुष , बारा जिल्ला परवानीपुर ३ निवासी ३२ बर्षिय १ जना पुरुष, बारा जिल्ला फेटा गाँउपालिका ६ निवासी २२ बर्षका १ जना पुरुष र सर्लाही जिल्लाका ३६ बर्षका १ जना पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिनुभयो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू