सोमवार, चैत्र ३०, २०७७
प्रमुख समाचार राजनीति

पार्टी एकताको पक्षमा नेकपामा हस्ताक्षर अभियान सञ्चालन

साउन २५, काठमाडौं । पार्टी विभाजनको खतरा बढेको भन्दै नेकपाका सांसदहरुले एकताको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।

मुख्य नेताहरुको स्वार्थका कारण पार्टी विभाजनको खतरा बढेको भन्दै सांसदहरुले एकताको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् । आज केहीबेरमा पत्रकार सम्मेलन गरी हस्ताक्षर अभियानबारे जानकारी दिने कार्यक्रम रहेको सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।

नेकपाका सांसदहरुको पहलमा भइरहेको हस्ताक्षर अभियानमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड-माधव नेपाल पक्ष दुवैतिरका सांसदहरुले हस्ताक्षर गरेका छन् । ओली पक्षधर कृष्णप्रसाद दाहाल, विशाल भट्टराई तथा प्रचण्ड-माधव पक्षका यज्ञराज सुनुवार, गणेश पहाडी, सुरेशकुमार राई लगायत हस्ताक्षर अभियानमा छन् ।

हालसम्म ५४ जना सांसदले हस्ताक्षर गरिसकेको र यो क्रम चलिरहेको उनले बताए । पार्टीको केन्द्रीय सचिवालय, स्थायी कमिटी र मन्त्रिपरिषद सदस्यहरुलाई भने हस्ताक्षर अभियानमा संलग्न गराइएको छैन ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू