आइतवार, चैत्र २९, २०७७
समाचार स्थानीय समाचार

माकलबारीमा बागमती नदीले बगाएका युवाको प्रहरीद्वारा सकुशल उद्दार

साउन २६, काठमाडौं-् । लगातार परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले बगाएका एक युवाको प्रहरीले उद्धार गरेको छ । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारीमा रहेको सानोपुल बागमती नदीमा आइतबार बेलुका ७ :३० बजे हाल गोकर्णेश्वर नगरपालिका भागवतीथान बस्ने, कालिका कन्सर्टमा काम गर्ने २३ वर्षीय मिङमार तामाङ पुलको पर्खालबाट नदिमा हाम्फल्दा पुल देखी ५० मिटर तल बगाएको थियो ।

खोलाले बगाए लगत्तै महानगरीय प्रहरी प्रभाग माकलबारीको प्रहरी टोली र स्थानीय माधब चालिसेको सहयोगमा सकुशल उद्दार गरी निजको आफन्तालाई जिम्मा लागएको माकलबारी महानगरीय प्रहरी बिटका कार्यलय प्रमुख प्रहरी साहयक निरीक्षक लोकेन्द्र गिरिले जानकारी दिनुभयो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू