आइतवार, चैत्र २९, २०७७
पत्रपत्रिकाबाट प्रमुख समाचार विश्व

कोरोनाले ब्राजिलमा १ लाख १ हजार भन्दा धेरैको मृत्यु

साउन २६, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबैभन्दा धेरै प्रभावित देशहरुमध्येको ब्राजिलमा कोभिड-१९ का कारण एक लाख एक हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा कोभिड-१९ बाट अहिलेसम्म एक लाख एक हजार ४९ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

ब्राजिलमा कुल संक्रमितको संख्या ३० लाख ३५ हजार भन्दा धेरै पुगेको छ ।

अमेरिकापछि सबैभन्दा धेरै संक्रमित र ज्यान गुमाउनेको संख्या ब्राजिलमा छ र अझै पनि संक्रमण नियन्त्रणमा आउने संकेत देखिएको छैन ।

ब्राजिलमा पहिलो ५० हजार मानिसको कोरोना भाइरसका कारण मृत्यु हुन तीन महिना लागेको थियो । तर थप ५० हजार भन्दा बढी मानिसको मृत्यु मात्रै ५० दिनमा भयो । (देशसञ्चारबाट)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू