आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार स्वास्थ्य

अस्पतालमा २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनु पर्ने

साउन २७, काठमाडौं । सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस ९कोभिड-१९० उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पताललाई २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउने व्यवस्था गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० प्रतिशत बेड छुट्याएर हब अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन निर्देशन दिइएको जानकारी दिनुभयो । कोरोना उपचारका लागि तोकिएका अस्पताल हब हुन् भने अन्य अस्पताल स्याटेलाइट हुन् । उपत्यका लगायत देशभर पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले हब र स्याटेलाइट अस्पतालका बिरामीलाई हब अस्पतालले व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

३३८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि 

नेपालमा सोमबार थप ३३८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना देखिएको छ । प्रा. गौतमले काठमाडौँ ३६ जना, ललितपुरमा चार र भक्तपुरमा चार जनामा कोरोना पुष्टि भएको बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा काठमाडौँका १२ र ललितपुरका एक जनामा सङ्क्रमण देखिएको बताउनुभयो । यस्तै टेकु अस्पताल प्रयोगशालामा काठमाडौँका छ जनामा कोरोना देखिएको छ । नेपाल प्रहरी अस्पतालमा काठमाडौँका आठ जना, ललितपुर र भक्तपुरका एक/एक जनामा कोरोना पुष्टि भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू