सोमवार, साउन ११, २०७८
पत्रपत्रिकाबाट प्रमुख समाचार

पूर्वमन्त्री मोहनबहादुर बस्‍नेतका पिताको मृत्यु कोरोनाबाट भएको पुष्टि

साउन २८, काठमाडौं । पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्‍नेतका पिताको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ । यही साउन २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको थियो। तर उनको अन्तिम संस्कार भइसकेपछि हिजो कोरोना पुष्टि भएको हो ।

२२ गते मृत्युपछि गरिएको स्वाबको रिपोर्ट हिजो आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले जानकारी दिए। उनले बाह्रबिसे नगरपालिका-४ का ८४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी उनले दिएका थिए । उपचारका क्रममा तीन दिनसम्म अस्पतालको शिक्षण अस्पतालको आईसीयुमा रहेका बस्नेतको मिर्गौलाको समस्याको कारणले मृत्यु भएको जानकारी आफन्तले दिएका थिए ।

शव काठमाडौंदेखि बाह्रबिसे मृगौलाको समस्याका कारण मृत्यु भएको अस्पतालले बताएपछि उनको शव गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे ल्याइएको थियो । धार्मिक परम्पराअनुसार गरिएको अन्त्येष्टिमा १५ सय भन्दा धेरै जना सहभागी भएका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू