बुधबार, असार २, २०७८
कुटनीति प्रमुख समाचार राष्ट्रिय

नेपाल भारतबीच सचिवस्तरीय बैठकको तयारी हुँदै

साउन २८, काठमाडौं । नेपाल र भारतबीच अर्को साता दुई देशबीच कूटनीतिक वार्ताको तयारी भएको छ । इण्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा अर्को हप्ता वार्ताका लागि दुवै पक्षले तयारी गरेको समाचार राखेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले पनि दुई देशका परराष्ट्र सचिवस्तरीय वार्ताका लागि कुराकानी भइरहेको बताउनुभयो ।
दुई देशबीचको ओभर साइट प्रोजेक्टहरूको बारेमा सचिवस्तरमा हुनुपर्ने बैठकका लागि कुराकानी भइरहेको र कहिले र कुन मोडलमा हुने भने तय नभएको उहाँले बताउनुभयो ।

कूटनीतिक वार्तामा नेपाल भारत सम्वन्ध र भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाका बारेमा बैठकमा छलफल हुनेछ ।

नेपाल र भारतबीच उत्पन्न सीमा विवादले कूटनीतिक शून्यता भएका समाचारहरु आईरहेको बेला कूटनीतिक वार्ताको तयारी पनि भईरहेको समाचार प्राप्त भएको छ । यसले नेपाल भारतको बीचमा सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने कुटनीतिज्ञहरुले विश्वास व्यक्त गरेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू