बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार स्वास्थ्य

ललितपुरमा २ जना कोरोना संक्रमितको मृत्यु

साउन २८, काठमाडौं । कोरोना संक्रमण बढीरहेको काठमाडौं उपत्यकामा मृत्युहूनेको संख्या २ जना थपिएको छ  । हिजो राति ललितपुरको पाटन अस्पताल र किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । त्यस्तै ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएकी काठमाडौँकी अर्की एक महिलाको पनि कोरोना पोजेटिभ आएको छ ।

ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ । ती महिलाको बुधबार बिहान आएको रिपोर्ट कोरोना पोजेटिभ छ । उपत्यकामा संक्रमण र मृत्युको संख्या बढेपछि मान्छेहरु त्रसित रहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू