बुधबार, असार २, २०७८
पत्रपत्रिकाबाट प्रमुख समाचार

पत्रकार बानियाँको निधनमा शोक व्यक्त

साउन २८, काठमाडौं । कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको निधनमा विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बानियाँको निधनले नेपालको पत्रकारितालाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन् ।

‘विकृति र भ्रष्टाचारविरुद्ध प्रहार गर्ने तथा समसायमिक विषयमा तिखो र विश्लेषणात्मक ढंगले कलम चलाएर नेपाली पत्रकारिता जगतमा विशिष्ट पहिचान बनाएका बानियाँ राजनीति, पत्रकारिता र राज्य प्रणालीका विविध विषयमा आफ्ना प्रस्तुति रख्दथे । निष्ठावान, निडर र हक्की स्वभावका बानियाँको निधनले नेपालको पत्रकारिता जगतमा एउटा नक्षत्र गुमाएको महसुस भएको छ,’ पौडेलले सामाजिक संजालमा भनेका छन् ।

यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकश शर्मा, नेता गगन थापा, शेखर कोइराला र धनराज गुरुङलगायतले पनि बानियाँको निधनप्रति दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । शर्मा र थापाले बानियाँको निधनबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि प्रहरीसँग माग गरेका छन् ।

नेकपाका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि बानियाँको निधनमा दुस्ख व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले पनि बानियाँको निधनमा शोक व्यक्त गरेका छन् ।

(साभार : इ-कान्तिपुर)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू