शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार स्वास्थ्य

काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिव्र हुँदै

साउन २९,  काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनो संक्रमितको संख्या बढ्दै गएको छ । हिजो बुधबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा १ सय ३८ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १ सय ९ जना, भक्तपुरमा ८ जना र ललितपुरमा २१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

प्रवक्ता गौतमले बुधबार थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।

हालसम्म नेपालमा संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ९१ जनाले ज्यान गुमाएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू