मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार स्वास्थ्य

नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो, ५२५ संक्रमित थपिए

साउन २९, काठमाडौं  । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार संक्रमितको मृत्यु भएको हो । कोराना भाइरस (कोभिड-१९) को संक्रमणबाट ५२५ जना संक्रमित थपिएका छन्  ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । देशभरमा १६ हजार ८३७ जना निको भएका छन्  ।

मन्त्रालयका अनुसार देशभरका ३८ वटा ल्याबमा ९ हजार ८५९ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १२७ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना छन् ।

यस्तै मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०/२० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३र३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २र२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १र१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार मात्रै ४८४ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै सक्रिय संक्रमितको संख्या ८ हजार २५ पुगेको छ । मन्त्रालयका अनुसार १६ हजार ८ सय ३७ जनाले कोरोना जित्नेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७६९ जना पुगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू