साउन ३०, काठमाडौं । सिन्धुपाल्चोकको जुगलमा पहिरो जाँदा १३ घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो गएको छ ।
पहिरो शुक्रबार बिहान करिब ६ बजेतिर आएकोले १३ घरहरु पुरिएका हुन् । यस क्षेत्रमा २५-३० घरहरु जोखिममा छन् ।
अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । गाउँपालिकाले हेलिकोप्टर परिचालनको तयारी गरिरहेको प्राप्त समाचारमा बताईएको छ ।
Add Comment