आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार स्वास्थ्य

२४ घण्टामा झण्डै ६ सय जना संक्रमित

साउन ३०, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या २५ हजार ५५१ पुगेको जनाए ।

नेपालमा अहिले सात हजार ९१३ संक्रिय संक्रमित रहेका छन् । अहिले क्वारेन्टाइनमा १४ हजार ६३८ रहेका छन्। पछिल्लो २४ घण्टामा २४० डिस्चार्ज भएका छन्। योसँगै नेपालमा १७ हजार ७७ जनाले कोरोना जितेको छन् । सातै प्रदेशका ३९ प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू