मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार स्वास्थ्य

संक्रमण बढ्दै गएपछि भरतपुरमा कर्फ्यू

साउन ३१, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा (कर्फ्यू)  जारी गरेको छ । भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको हो । पछिल्लो समय चितवनमा कोभिड-१९ संक्रमण फैलिँदै गएकाले संक्रमण फैलनबाट रोक्न निषेधाज्ञा गर्नु परेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्र.जि.अ. भट्टराईले जानकारी दिए ।

महानगरपालिकामा गएको चार दिनमा २९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ९९ जनामा संक्रमण देखिएकामा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिने भएको छ । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ देखि ८ बजेसम्म पसल खोल्न दिइने बताइएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू