मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार स्वास्थ्य

पर्सा र बारामा थप ४७ जना, चितवनमा डाक्टर र नर्स संक्रमित

साउन ३२, काठमाडौं । पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० जना महिला छन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले जनाएको छ ।

यसैगरी चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ ।संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।

भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं। ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू