बुधबार, असार २, २०७८
प्रमुख समाचार स्वास्थ्य

उपत्यकामा कोरोना सङ्क्रमण उच्च बन्दै

भदौ १, काठमाडौं । कोरोनाविरुद्ध लगाइएको लकडाउन खुलेपछि बढ्दै गएको कोरोना संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ । केही दिन यता उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौँ उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा कोरोना पुुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता गौतमले यही अवस्थाले उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्नेछ भन्दै सचेत हुन आग्रह गरे ।

राजधानी काठमाडौँसँगै देशभर कोरोना सङ्क्रमण दिनहुुँ बढ्दै गएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर परीक्षण भएको यो सङ्ख्या हाल सम्मकै धेरै हो ।

यसैबीच काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाका विभिन्न वडामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसैगरी काठमाडौँ महानगर वडा नं. ३२ कोटेश्वर क्षेत्रमा हालसम्म ५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो पटक सहयोगी नगरमा दुई जना कोरोना सङ्क्रमितको सङ्ख्या थपिएपछि वडामा सङ्क्रमितको सङ्ख्या ५५ पुगेको हो । यीमध्ये चार जना सङ्क्रमणमुक्त भएका छन् भने ५१ जना उपचाररत रहेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू